भोलि त्रिवेणी प्रज्ञा प्रतिष्ठानको प्रथम स्थापना दिवस मनाइँदै

२०८३ भदौ १८ शुक्रबार १८:४४:०० मा प्रकाशित १२


रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भोलि भदौ २० गते शनिबार त्रिवेणी प्रज्ञा प्रतिष्ठानको प्रथम स्थापना दिवस विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइने भएको छ।
स्थापना दिवसको अवसरमा एकल लोकगीत प्रतियोगिता, ‘त्रिवेणी प्रज्ञा स्मारिका–२०८३’ विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरिने भएको हो। प्रतियोगितामा त्रिवेणी गाउँपालिकाभित्रका माध्यमिक विद्यालयमा अध्ययनरत छात्र–छात्राहरूको सहभागिता रहनेछ।
रेडियो समावेशी आवाज १०२ मेगाहर्जको ‘समावेशी बहस’ कार्यक्रममा कुराकानी गर्दै प्रतिष्ठानका अध्यक्ष मनलाल ओलीले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले त्रिवेणीको भाषा, मौलिक कला, साहित्य, लोकसंस्कृति तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनसँगै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
अध्यक्ष ओलीले कार्यक्रम प्रतिष्ठानको मात्रै नभई समग्र त्रिवेणीवासीको साझा कार्यक्रम भएकाले जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, साहित्यकार, कलाकार, संस्कृतिकर्मी, बुद्धिजीवी तथा सम्पूर्ण नागरिकलाई उपस्थित भएर कार्यक्रमलाई भव्य र सफल बनाउन आग्रह गर्नुभएको छ।
कार्यक्रम भोलि   शहीद स्मृति सभाहल, त्रिवेणी–२, सिम्रुतुमा हुने आयोजकले जनाएको छ।
आफ्नो भाषा, कला र संस्कृति हाम्रो पहिचान हो। यही पहिचानको संरक्षण र पुस्तान्तरणका लागि आयोजना हुन लागेको कार्यक्रममा सबैको उत्साहपूर्ण सहभागिताले कार्यक्रमको गरिमा अझ बढाउने प्रतिष्ठानले विश्वास लिएको छ।

ताजा खबर